Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Mountain Academy

NMA

एकेडेमिक कोअर्डिनेटर पदमा कर्मचारी सेवा करारमा लिने सूचना

प्रकाशित मिति: २०७६/०६/१५

यस प्रतिष्ठानको लागि स्नातकोत्तर तहको एकेडेमिक कोअर्डिनेटर बरिष्ठ प्रशिक्षक (अधिकृतस्त तृतिय) करारमा कर्मचारीको सेवा आवश्यक भएकोले सो पदको सेवा करारमा लिनको लागि तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट वैयक्तिक विवरण (द्यष्य–म्बतब) यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र पेश गर्न आव्हान गरिएको छ ।

१. पदः एकेडेमिक कोअर्डिनेटर स्नातकोत्तर तह

२. पद संख्याः १ जना

३. वैयक्तिक विवरण दिने स्थानः नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यालय, थापागाउँ, काठमाडौं ।

४. काम गर्नुपर्ने स्थानः यस प्रतिष्ठानबाट सञ्चालन हुने शैक्षिक कार्यक्रम अन्र्तगत स्नातकोत्तर तहको सञ्चालन तथा व्यवस्थापन ।

५. गर्नुपर्ने कामः शैक्षिक कार्यक्रमसँग सम्बन्धित कार्यहरु ।

६. न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरी कम्तिमा पाँच वर्ष अधिकृत स्तरको पदमा रही काम गरेको वा सम्बन्धित विषयमा विद्यावारिधि गरी दुई वर्षसम्म अधिकृत स्तरको प्रशिक्षण गरेको ।

७. आवश्यक कागजपत्र र छनौट प्रक्रियाः निवेदन साथ निवेदकबाट हस्ताक्षरित वैयक्तिक विवरण (द्यष्य–म्बतब) । पेश भएको व्यक्तिगत विवरणमा उल्लिखित शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरुको सक्कलैप्रति अन्र्तवार्ताको समयमा लिएर उपस्थित हुनुपर्नेछ । शैक्षिक योग्यता, कार्य अनुभव र अन्तरवार्ताको आधारमा कर्मचारीको छनौट हुनेछ ।

८. अन्तरवार्ता हुने मितिः २०७६ कात्र्तिक ४ गते सोमबार बिहान ११ बजेबाट हुनेछ ।

९. उम्मेदवार शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको हुनुपर्नेछ ।

१०. तलब सुविधाः छनौट भई सेवा करार सम्झौता गरिएका उम्मेदवारले नेपाल सरकारको कर्मचारीले पाए सरह न्यूनतम तलबमान मात्र प्राप्त गर्नेछ । सो बाहेक निजले इन्धन तथा अन्य सुविधा थप भत्ता प्राप्त गर्न सक्नेछ । कार्यालयको पूर्व स्वीकृति लिई सरकारी काममा भ्रमण गर्दा नियमानुसार भ्रमण भत्ता पाउन सक्नेछ ।

११. पदावधिः १ वर्ष । सो अवधि पश्चात समय थप गर्न सक्नेछ । काम सन्तोषजनक नभएमा प्रतिष्ठानले जुनसुकै समयमा हटाउन सक्नेछ । उम्मेद्वारले करारको समावधि रहेकै बखत एकपटक करार गरिसकेपछि वा करार थप भएपछि करार अवधि रहँदा रहँदै सेवाबाट अलग हुन पाउने छैन ।